माडी नगरपालिकामा जंगली हात्तीले दुःख दिन थाल्यो

0

कार्तिक २९, माडी । पश्चिम चितवनको माडी नगरपालिकाका केही स्थानमा जंगली हात्तीले दुःख दिन थालेको छ ।

केही दिन यता हात्ती गाउँ पसेर वितण्डा मच्चाउन थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका छन् । यी क्षेत्रमा वर्षेनी हात्तीले घर भत्काउने, मान्छेलाई आक्रमण गर्ने, बाली नाली नष्ट गर्ने, घरका खाद्यान्न खाईदिने लगायतका वितण्डा मच्चाउँदै आएको स्थानीय ओमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

गएराती माडी नगरपालिका वडा नम्बर १ चैनपुरमा हात्तीले धान मकै खाईदिनुका साथै नष्ट गरेको क्षेत्रीले जानकारी दिनुभयो । रातको समयमा हरेक दिनजसो चन्द्रपुरी, बनकट्टा, सेरुवा, अमिलिया, भैरवपुर धोवहा लगायतका स्थानमा जंगली हात्ती भेटिने गरेको छ ।

दिनँहु वस्तिमा पसेर धान खाईदिने गरेको स्थानियले बताएका छन् । माडी नगरपालिकाका बासिन्दा हात्तीबाट सबै भन्दा बढी पीडित बनिरहेका छन् ।

Share.

Leave A Reply