माडीमा छोरीलाई निशुल्क शिक्षा

0


चितवन, १० असार । चितवनको माडी नगरपालिकाले नगरभित्रका छोरीहरुलाई निशुल्क शिक्षाको व्यवस्था मिलाउने बताएको छ । मंगलबार कार्यक्रम सार्वजनिक गर्दै नगर उपप्रमुख ताराकाजी महत्तोले नगरभित्रका छोरीहरुलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाउने बताउनुभयो । दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले विशेष सुविधा दिने भएको हो । दुवै छोरीलाई नगरपालिकाले माडीभित्रै १२ कक्षासम्म निःशुल्क पढाउने छ ।

नगरपालिकाले शिक्षा क्षेत्रमा सबैभन्दा बढी चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । माडी नगरपालिकाले तेस्रो नगरसभाबाट गत वर्षको तुलनामा तीन करोड रुपैयाँ बजेट वृद्धि गरेको छ । माडी नगरले आर्थिक वर्ष ०७६र०७७ को लागि नगर प्रमुख ढकालले ९३ करोड ६१ लाख १५ हजार तीन सय ६० रूपैयाँको बजेट प्रस्तावित गरेको छ । माडीले आर्थिक वर्ष २०७६÷७७ को लागि शिक्षा, कृषि र पशुपालमा करिब चार÷चार करोडकै हाराहारीमा बजेट ल्याएको प्रमुख ढकालले जानकारी दिनुभएको छ । माडी नगरले स्वास्थ्यमा एक करोड २५ लाख, पर्यटन क्षेत्रमा एक करोड बजेट प्रस्ताव गरेको छ । बाँदरमुढे क्षेत्रलाई विशेष पर्यटकीय स्थान बनाइने, सोमेश्वर गढी, वाल्मीकि आश्रम, गोद्धकधाम, परशुराम कुण्ड, बैकुण्ठधामको पर्यटन प्रवद्र्धन गरिने योजना माडी नगरले बनाएको छ ।

Share.

Leave A Reply