माघ २१ मा प्रदेश ५ को पहिलो बैठक बस्ने

0


बुटवल, १३ माघ । प्रदेश ५ को पहिलो बैठक माघ २१ मा बस्ने भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले सपथ ग्रहण गरेको एक हप्तापछि प्रदेशको पहिलो बैठक बोलाउनुभएको हो । २१ गते दिउँसो १ बजे बैठक सुरु हुने प्रमुख झाले बताउनुभयो । प्रदेशसभाको पहिलो बैठक बुटवल उद्योग वाणिज्य संघका सभाहलमा बस्नेछ । प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् । संसद भवन निर्माणका लागि आइतबारदेखि थप काम सुरु हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।

Share.

Leave A Reply