महोत्सवको पहिलो लक्ष्य –स्थानीय बजारको प्रवर्धन

0


गैँडाकोट, २२ पौष । यही पौष २७ देखि माघ ८ गतेसम्म गर्न लागिएको दोस्रो गैँडाकोट महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्धन गर्नु पहिलो प्राथमिकता रहेको आयोजकले जनाएको छ । स्थानीय बजारको बजारिकरण विस्तार, स्थानीय उत्पादनको प्रवर्धन, स्थानीय संस्कृति र कलाकारको प्रवर्धनका लागि गैँडाकोट महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघ गैँडाकोटका उपाध्यक्ष तथा दोस्रो गैँडाडकोट महोत्सवका मूल आयोजक समितिका संयोजक दिपक सापकोटाले बताउनुभयो ।

महोत्सवमा स्थानीय उत्पादनका सामाग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, ब्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यान देखि लिएर बंगलादेश, श्रीलंका, भारत, भूटान, पाकिस्तानका अन्तर्रा्िष्ट्रय उत्पादनका स्टल समेत रहने महोत्सवका संयोजक सापकोटाले बताउनुभयो । महोत्सवमा पौष २७ गते देखि गैँडाकोट २ को नारायणी किनारमा हुनेछ । महोत्सवको ९० प्रतिशत पूर्व तयारी सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।

Share.

Leave A Reply