महिला हिंसा र बलात्कार विरुद्ध नेपाली बाजेको सचेतनामुलक ¥याली

0

देशमा बढदै गएको महिला हिंसा र बलात्कार विरुद्ध सबैजना जागरुक हुनुपर्छ भन्दै नेपाली बाजे नव क्रियाशिल सामाजीक संजालले आज शुक्रबार गैडाकोट भृकुटी चोकदेखी गैडाकोट नगरपालीका सम्म सचेतनामुलक ¥याली आयोजना गरेको हो ।


¥यालीमा सयौका संख्यामा उपस्थित भएका व्यक्तीहरुले महिला हिंसा अन्त्य गर,बलात्कारीलाई फासी दे, कमजोर कानुन चाहिदैन , हिंसा गर्न पाईदैन लगायतका नारा लगाएका थिए । ¥याली पछि गैडाकोट नगरपालीका अगाडी रहेको चौतारोमा कोणसभा गरिएको थियो ।

सो कोणसभामा बोल्दै गैडाकोट नगरपालीकाकी नगर उपप्रमुख बिष्णु कुमारी कडेलले समाजमा भइरहेका महिला हिंसा र बलात्कार जस्ता घटनाका दोषीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने बताउनुभयो । उहाले प्रत्येक महिलाले आफुलाई सुरक्षीत महसुस गर्न पाउनुपर्ने समेत बताउनुभयो ।


युवाहरु सामाजिक संजालमा मात्र क्रियाशिल नभएर सामाजिक संजालको माध्यमबाट पनि बिभिन्न किसिमका सामाजिक कार्य गर्न सक्छन । समाजमा भएका बिकृति बिसंगति अन्त्यका लागि आवाज उठाउन सक्छन भनि यो कार्यक्रम गरिएको नेपाली बाजे नव क्रियाशिल संस्थाका अध्यक्ष दिवस सापकोटा बताउभयो ।


नव क्रियाशिल सामाजीक संजालले आयोजना गरेको सो कार्यक्रमको बेटर नवलपरासी, जेसि वाईसिएन,वाई एफ सि एन सहआयोजक रहेका थिए । हरियाली संस्था , लायन्स क्लब अफ बागेश्वरी, गैडाकोटमा रहेका बिभिन्न बिद्यालयहरुको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रमको आधीकारिक संचार माध्यम बिजय एफएम १०१.६ रहेको थियो ।

Share.

Leave A Reply