महिला सञ्जाल गैंडाकोट ६ ले घरेलु ईलेक्ट्रिक तथा ग्याँस मर्मत तालिम प्रदान

0


गैँडाकोट, १५ चैत्र । महिला सञ्जाल गैंडाकोट ६ ले घरेलु ईलेक्ट्रिक तथा ग्याँस मर्मत तालिम प्रदान गरेको छ । घर तथा वढि भान्साको काममा व्यस्त हुने महिला दिदिबहिनीहरुलाई पर्ने आपतमा सहयोग होस भन्ने हेतुले वडा नं ५ का महिलाहरुलाई घरेलु ईलेक्ट्रिक तथा ग्याँस मर्मत तालिम प्रदान गरिएको आयोजक महिला सञ्जाल गैंडाकोट ६ की सल्लाहकार नारायणी वास्तोलाले जानकारी दिनुभयो । तालिममा फ्युज कसरी हाल्ने, ग्याँसमा हुनसक्ने आगलागीबारे कसरी सर्तक रहने लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । तालिममा गैंडाकोट ६ का १२ वटा समूहका २७ जना महिलाहरुको सहभागीता रहेको थियो । गत चैत्र ७ गतेदेखि ८ दिने सो तालिमको बुधबार नेपाल स्वावलम्बन विकास संघको कार्यालयमा समापन गरिएको हो । समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मिप्रसाद सापकोटाले तालिम महिलाका लागि निकै फलदायी रहेको बताउँदै महिला सक्षमताका लागि नगरपालिकाबाट सहयोग उपलब्ध गराउने बताउनुभयो । त्यस्तै कार्यक्रममा गैंडाकोट नगरपालिकाकी महिला विकास अधिृकत दिपा घिमिरे र कार्यपालिका सदस्य कुमारी रेखा पौडेलले तालिममले महिला दिदिबहिनीहरुलाई घर तथा चुल्होमा आईपर्ने समस्याबाट सुरक्षित रहन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गैंडाकोट नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा खगेश्वर सापकोटाले प्रशिक्षण दिुनभएको थियो । सञ्जालकी सदस्य रिता सापकोटाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम वेदकुमारी पौडेलले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम महिला सञ्जाल गैंडाकोट ६ की अध्यक्ष राधिका पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply