महिला सञ्जाल गैंडाकोट–५ को पुनर्गठन

0


सबिता तिवारी
गैंडाकोट, ७ मंसिर । महिला सञ्जाल गैंडाकोट–५ को पुनर गठन भएको छ । बाल मैत्री स्थानिय शासन वडा समितिले आयोजना गरेको वडा नं ५ मा रहेका महिला समुहहरुको भेलाले सञ्जालको गठन गरेको हो । गैंडाकोट ५ मा रहेका १८ वटा टोल बिकास समितिका महिला समुहका एक एक जना प्रतिनिधि समितिमा रहेका छन् । स्वास्थ्य तर्फ बाट १ स्यमसेबिका गरी १९ जना को समिति गठन भएको हो । रञ्जिता आचार्यको नेतृत्वमा उक्तm सञ्जालमा उपाध्यक्षमा पार्वती भण्डारी, सचिवमा तारा देवि शर्मा,कोषध्यक्षमा चित्रकली आले, सह–सचिवमा नमुना विश्वकर्म रहनु भएको छ । गैंडाकोट वडा नम्बर ५ का वडा अधयक्ष नवराज कडेंलको अध्यक्षताका भएको उक्तm कार्यक्रममा वडा नम्बर ५ टोल सञ्जालका अध्यक्ष ठानेश्वर रिजाल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । रिजालले बिगतमा महिला सञ्जालले गरेका काम निकै नै उत्कृष्ट भएको र अब पनि उत्कृष हुदै जावोस भनी सुभकामना दिनु भयो । कार्यक्रममा नगर कार्यपालिका सदस्य एवम् बाल मैत्री स्थानिय शासन वडा समितिकि उपाध्यक्ष कुमारी रेखा पौडेल, टोल बिकास सञ्जालका सचिव गोबिन्द प्रसाद पौडेल ,लगायत बिभिन्न टोल बिकास संस्था तथा महिला समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply