महिला पत्रकारको राष्ट्रिय सम्मेलन चितवनमा

0

चितवन, १० माघ 

नेपाल पत्रकार महासङ्घको आयोजनामा पत्रकार महिलाको राष्ट्रिय सम्मेलन यही माघ १६ र १७ गते चितवनमा हुने भएको छ ।

पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा हुने सम्मेलनमा देशभरबाट झण्डै तीन सय पत्रकार महिला सहभागी हुने भेलाको व्यवस्थापनको जिम्मा पाएका महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयो ।

भेलामा देशभरका पत्रकार महिलाको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा घनिभूत छलफल हुने पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी दिनुभयो ।

भेलाले पत्रकारितामा महिलाको उपस्थितिलाई थप बलियो बनाउन तथा पत्रकार महिलाको दक्षता विकासका लागि मागनिर्देश गर्ने महासङ्घको विश्वास छ । भेलालाई सफल पार्न कार्यसमितिमा जिम्मेवारी विभाजन गरी काम अघि बढाइएको अध्यक्ष खतिवडाले बताउनुभयो । भेला सम्पन्न गर्नका लगिा विभिन्न १६ वटा उपसमिति गठन गरिएको छ ।

यसैबीच सम्मेलनलाई सभ्य र व्यवस्थित तुल्याउन महासङ्घ चितवनले जिल्लास्थित अगुवा पत्रकार महिलाको भेला गराई सहयोग गर्न आग्रहसमेत गरेको छ ।

महासङ्घका केन्द्रीय सदस्य सृजना अर्यालका अनुसार सम्मेलनमा सबै प्रदेश कमिटी, जिल्ला शाखा र प्रतिष्ठानका महिला नेतृत्व, महासङ्घको केन्द्रीय समिति, केन्द्रीय समितिका पूर्वमहिला नेतृत्वहरु, पत्रकार महिलाका संस्थाका नेतृत्वको सहभागिता रहनेछ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो भेलाको उद्घाटन गर्ने कार्यक्रम छ । -रासस

Share.

Leave A Reply