महिला तथा कार्यस्थलमा हुने यौनिक दुव्र्यवहार

0


अधिवक्ता अनिता शर्मा

लैंगिक समानता र न्यायपूर्ण व्यवहार सभ्य समाजको पहिचान हो । विकसित मुलुकमा खासै ठूलो समस्याका रुपमा नदेखिए पनि विकासशील मुलुकका महिलाहरुले भोग्नु परेको असमानता वा एक मुख्य समस्याका रुपमा सार्वजनिक वा कार्यस्थलमा हुने यौनिक दुब्र्यबहार प्रमुख छ । महिलाहरु प्रति गरिने यौनिक दुब्र्यबहारका स्वरुप अनेक रहेका छन् । ईच्छा वेगर भौतिक रुपमा छुन खोज्ने, बोलि र व्यवहारबाट प्रताडित बनाउने, संचार माध्यम वा टाढाबाट जिस्क्याउने, धम्क्याउने र वेपर्बाह बोल्ने लगायतका दुव्र्यवहारबाट महिलाहरु कुनै न कुनै रुपमा पिडित रहेको देखिन्छ । कतिपयले यस्ता बानी तथा व्यवहारलाई औपचारिक अनौपचारिक तवरले सार्वजनिक गर्दछन् भने अधिकाँश यस्ता व्यवहार बाहिर नल्याउने गरेको पाईन्छ । महिला लक्ष्यित रुपमा हुने यौनिक दुब्र्यबहारले पिडितलाई मनोबैज्ञानिक, शारिरीक र सामाजिक रुपले कमजोर बनाउने गरेको पाईएको छ । समाजमा अनुशासन र जवाफदेही व्यवहार घट्दो क्रममा हुँदा यस्ता नकारात्मक विषयहरुले प्रश्रय पाईरहेका हुन्छन् । सभ्य तथा समतामूलक समाज निर्माणका लागि यस्ता विकृतिहरुको नियन्त्रण हुन आवश्यक छ ।

Shot of a male coworker acting inappropriately in the workplace

हुन त यौनिक दुब्र्यबहारलाई बाहिर ल्याउने कि लुकाएर राख्ने भन्ने विषय दुब्र्यबहारको स्तर र रिपोर्ट गर्ने वातावरणमा पनि निर्भर गर्दछ । साथै दुब्र्यबहारबाट हुने हानी र यस्तोमा रिपोर्टिंगका कारण हुन सक्ने संभावित जोखिम समेतलाई आकलन गरेर मात्र महिलाहरु यस्ता कुरालाई बाहिर ल्याउने या नल्याएरै गुपचुप राख्ने भन्ने निर्णय गर्दछन् । एक अध्ययनले करिव तीन चौथाई कार्यस्थलका यौनिक दुब्र्यबहारका घटनाहरु बाहिर नआउने देखिएको छ । दुव्र्यबहारका सबै घटनाहरु मध्ये एक चौथाई मात्र कुनै न कुनै जानकारीमा बाहिर आउनु भनेको विषयप्रतिको बेवास्ता हो वा जटिलता हो भन्ने बारे पनि चर्चा गर्न आवश्यक देखिएको छ । सबै यौनिक दुब्र्यबहारहरु किन बाहिर आउदैनन् भनि हेर्दा मुख्यतः ; समाजसंगको लाज, संभावित डर र समाज सांस्कृतिक मान्यता जस्ता विषयहरु कारणका रुपमा अघि सार्न सकिन्छ ।

हाम्रो जस्तो मुलुकमा सार्वजनिक स्थलमा यौनिक हिंसा वा दुब्र्यवहारका शिकार कुनै न कुनै रुपमा हरेक महिलाहरुले भोग्नु परेको अवस्था छ । विद्यालय, सार्वजनिक यातायात, जमघट, रोजगारस्थल, घरपरिवार जताततै यस्ता अनपेक्षित व्यवहारबाट महिलाहरु पिडित छन् । भौतिक उपस्थितिमा मात्र घट्ने यस्ता अबान्छित व्यवहारहरु आजभोलि दूरसंचार, सामाजिक संजाल, ईन्टरनेट जस्ता भर्चुअल माध्ययम मार्फत पनि ब्यापक रुपमा घट्ने गरेका छन् । यौनिक दृष्टिकोणले अनपेक्षित व्यवहार, असमान अभ्यास र हिँसाजन्य क्रियाकलापले मानविय मर्यादा, मानव अधिकार र समानतामा नकारात्मक प्रभाव पार्दछ । यस्ता दुव्र्यवहारको नियन्त्रण गर्न घटनाहरुको विश्लेषण गरी कारण पहिचान गर्ने र तदनुसारको रणनीति बनाउनु पर्दछ । किन कोही यस्ता अमर्यादित व्यवहार गर्न उद्दत हुन्छ, यस्ता व्यवहारका कारण पिडित र समाजमा के कस्तो नकारात्मक असर पर्दछ भन्ने विवेचना गर्नु यस परिप्रेक्ष्यमा सान्दर्भिक हुन्छ । काठमाडौको जिल्ला अदालतमा मात्र २०७४ को साउन महिना यता ५९ मुद्धा जवरजस्ती करणीको दर्ता रहेकोमा २ मुद्वा वालदुव्र्यबहार ७ मुद्वा करणी उधोग र ३ मुद्वा हाडनाता करणी को रहेको छ ।

वर्तमान अवस्थामा कार्यस्थलका स्वरुपहरु पनि फरक फरक छन् । कार्यस्थलको प्रकृति अनुसार यौनिक दुब्र्यबहारका घटनाहरु हुन सक्ने देखिन्छ । उन्नत, समावेशी अनि सुरक्षित कार्यस्थलमा यस्ता अनैतिक व्यवहार कम हुन सक्दछन् भने भौतिक निर्माण गर्ने जस्तो पुरुष प्रधान कार्यस्थल, कम ज्यालामा काम गरिने कार्यस्थल र सेवा उद्योगजन्य कार्यस्थलमा महिलाहरुलाई बढी यौनिक दुब्र्यबहार हुने गरेको पाईन्छ । त्यस्तै सामाजिक मान्यता र स्वीकृति, असंगठित क्षेत्रमा काम गर्ने महिलाहरु, दुब्र्यबहार नियन्त्रण गर्ने निकायको कमी र दुब्र्यबहारको रिपोर्टिंग पछिको असुरक्षा जस्ता कुराले पनि यस्ता विकृतिहरुलाई प्रश्रय दिएको पाईन्छ ।

यौनिक दुब्र्यबहारबाट बालिका, युवा युवती, वयस्क, बृद्धबृद्धा, अपांगता भएका व्यक्ति जुनसुकै समुहका व्यक्तिहरु पनि प्रभावित भएको पाईन्छ । शहर, गाउँ, घर, मेलापात, रोजगारस्थल जतासुकै यस्ता दुब्र्यबहार हुने गरेका छन् । हुन त यौनिक दुब्र्यबहारबाट अधिकाँशतः महिलाहरु नै पीडित हुने गर्दछन । यदाकदा पुरुषहरु पनि यौन दुब्र्यबहारमा पर्ने गरेको विभिन्न उदाहरण पाईन्छ तर यसको संख्या नगण्य रहेको छ । साथीभाइसंग हुने आत्मिय कुराकानी, अनुभव साटासाट, मित्रवत व्यवहारले नजिक बनाउनछ । तर विपरित लिंगीसंग यसै मेसोमा गरिने यौन प्रेरित अभिव्यक्ति, प्रभाव पार्ने प्रयास र धम्कि जस्ता कुराले आत्मियता होईन पिडा मात्र दिने गर्दछ । यौनिक दुब्र्यबहार पनि मनसाय प्रेरित र आकस्मिक दुबै कारणले हुने गरेका देखिन्छ । यौनिक दुब्र्यबहारका उदाहरणहरुमा अनाबश्यक र अनिच्छित शरिरका भाग छुने, यौनिक धम्कि, बनावटी कुरा गर्ने, क्रुर ठट्टा गर्ने, सामाजिक संजाल जस्ता संचार माध्यम प्रयोग गरी छबी तथा ईज्जत विगार्ने जस्ता क्रियाकलाप पर्दछन् । यौनिक दुब्र्यबहारका घटना सार्वजनिक हुँदा मात्र पनि कतिपय अवस्थामा घटना नियन्त्रण गर्न सघाउ पुर्याउछ । केहि बर्ष पहिले नेपालका एक मन्त्रिले गरेको भनिएको यौनिक दुब्र्यबहार सामाजिक संजालबाट बाहिरीँदा आफ्नो पदबाट राजीनामा दिनु परेको थियो ।

अन्तमा, महिलाहरुले यौनिक दुब्र्यबहारलाई एक सामाजिक समस्याका रुपमा भोग्दै आएका छन् । यस्तो यौनिक दुब्र्यवहारको स्तर विविध स्वरुपको सामान्य देखि जघन्य सम्म हुने गरेको छ । सामाजिक वातावरणले प्रभाव पार्ने भएकाले यौनिक दुब्र्यबहार नियन्त्रण गर्ने कार्यलाई औपचारिक निकायबाट मात्र संभव देखिँदैन । अनुशासित नागरिक निर्माण गर्ने, जिम्मेवार व्यवहार प्रदर्शित गर्ने र रिपोर्टिंगको सहज र उपयुक्त वातावरण बनाउनु जरुरी देखिन्छ । विकास, आधुनिकता र समृद्धिका निम्ति यस्ता सामान्य जस्तो प्रतित हुने कुरितिहरुलाई नियन्त्रण गरि सभ्य र सुरक्षित समाज निर्माण गर्न आवश्यक छ ।

अधिवक्ता अनिता शर्मा, नवलपरासी, सम्पर्क नं. ९८४७०४२२३८
sanu93501@gmail.com

Share.

Leave A Reply