महिलाहरु हरेक क्षेत्रमा सक्रिय रुपमा अगाडि बढ्नु पर्नेमा उपप्रमुख कडेलको जोड

0

गैडाकोट,भदौ १६

गैडाकोट नगरपालिकाकी उप प्रमुख विष्णु कुमारी कडेंल सापकोटाले महिलाहरु हरेक क्षेत्रमा सक्रिय रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको छ । आज श्री जय महादेव महिला समुह गैडाकोट ८ को प्रथम साधारण सभामा बोल्दै कडेलले महिला बोल्ने देखि सिक्ने कुराहरुमा सक्रिय भै सिप सिकेर जिविकोपार्जन गर्न अग्रसर हुनु पर्ने र त्यसका लागि नगरपालिकाको तर्फवाट सहयोग गर्न आफु तयार रहेको बताउनु भएको होे । कार्यक्रममा बोल्दै गैडाकोट ८ का वडाध्याक्ष डिलाराम रिजालले वाड नं. ८ मा महिलाहरुको लागि २ लाख रुपैया बजेट छुट्याइएको जानकारी गराउदै जिवनस्तर सुधारका लागि यसको सहि सदुपयोग गर्न आग्रह गर्नु भएको थियो ।


कार्यक्रममा श्री जय माहादेव टोल विकास सस्थाका अध्यक्ष काशिराम सापकोटा, नन्दन सामुदायिक वनका प्रतिनिधी खुमनाथ पौडेल,नयाँ कृषि अभियान कृषि सहकारी सस्थाका अध्यक्षँ तथा बास नवलपरासीकाका अध्यक्ष यदुनाथ सिग्देल, गैडाकोट बहु उदेश्य सहकारी सस्था लिमिटेडकि अध्यक्ष माधवि कट्ेल, महिला सदस्य नर्बदा घिमिरे, सक्रिय युवा सदस्य शिव पौडेल, विजय आमा समुहकि अध्ययक्ष बसुन्धरा पौडेल, नव विजय एकता महिला समुहकि अध्यक्ष शुनिशा कडेंलले शुभकामना मन्तव्य राख्नु भएको थियो । साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्षँ विष्णु माया न्यौपानेले र प्रगति प्रतिवेदन सचिव मञ्जु परियारले गनु भएको थियो ।

समुहकि लेखा संयोजक सोनिका तिमल्सीनाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सह सचिव हिमा अर्यालले गर्नु भएको थियो । कार्यक्रममा गैडाकोट नगरपालिकाका उप प्रमुख विष्णुकुमारी कडेल सापकोटाको प्रमुख आतिथ्यता तथा गैडाकोट ८ का वडाध्यक्ष डिलाराम रिजाल विशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रम समुहकि अध्यक्षँ फुलुमाया पराजुलिको अध्यक्षँतामा सम्पन्न्न भएको थियो ।

Share.

Leave A Reply