महिलाहरुलाई च्याउ तालिम

0

गैँडाकोट ९ पुष ।


महिलाहरुलाई आयमुलक कार्यमा अभिप्रेरीत गर्ने उदेश्यले गैँडाकोट नगरपालिका वडा नं २ को आयोजनामा ६० जना महिलालाई च्याउ खेती तालीम दिईएको छ ।

गैँडाकोट २ मा भएको तालीममा च्याउ खेती तरीका र बजारीकरणबारे गैँडाकोट नगरपालिका कृषी शाखा अधिकृत प्रभात न्यौपानेले प्रशिक्षण दिनुभएको हो ।

तालिमपश्चात च्याउ खेती गर्ने महिलाहरुलाई ५० प्रतीशत अनुदानमा च्याउको बिउ समेत वितरण गरीएको कृर्षी शाखाकी निर्मला चौधरीले जानकारी दिनुभयो । तालिमको शुक्रबार वडाध्यक्ष ध्रुवराम पौडेलले उद्घाटन गर्नुभएको थियो ।

Share.

Leave A Reply