महिलाहरुको शसक्तिकरणका लागि कैलाशनगर माविको हाजिरीजवाफ कार्यक्रम

0

डोलराज रानाभाट, १० वैशाख । शिक्षाको विकास नभएसम्म महिलाहरु हिँसामा परिरहने नेपाली काँग्रेसकी नेतृ एवम् सभासद पुष्पा भुषालले बताउनुभएको छ ।

महिलाहरुको ज्ञान बढाउन र ज्ञानकै माध्यमबाट शक्तिकरणको लागि कैलाशनगर मावि भरतपुर ५ ले आयोजना गरेको आमा समुहहरुवीचको हाजिरीजवाफ कार्यक्रममा बोल्दै भुषालले महिलाहरुको समस्या नेपालमा मात्रै नभएर विश्वमा पनि रहेको भन्दै पुरुष वरावरको अधिकार र क्षमताका लागि शिक्षामा जोड दिनुभएको थियो ।

शिक्षाविना देशमा शान्ति, स्थायित्व र कानुनी राज्यको संस्थागत हुन नसक्ने भन्दै महिलाहरु मनोवैज्ञानिक रुपमा केहि गर्न सक्दिन भन्ने सोच हटाउन आग्रह गर्नुभयो  । साथै उहाँले ऐतिहासिक महत्व वोकेको विद्यालयलाई आफू र पार्टीबाट सकेको सहयोग पुु¥याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । विद्यालयको स्वर्ण महोत्सव समारोह २०७५ अन्तर्गत आज आमा समुहहरुवीचको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

वडा नम्वर ५ भित्र रहेका आमा तथा दिदीवहिनीहरुको क्षमता विकास र अध्ययनमा रुचि बढाउन विद्यालयले सो कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक रामजी अधिकारीले जानकारी दिनुभयो  ।

१९ टिमको सहभागीता रहेको प्रतियोगितामा सृष्टी टोल आमा समुह प्रथम, गुलाफटोल विकास आमा समुह द्धितीय तथा दिदीवहिनी आमा समुह कैलाश टोल तृतीय र विकास चोक महिला समुह सान्त्वना भएको छ । ६ वटा विधाबाट सोधिएको प्रश्नहरुको धेरै महिला दिदीवहिनीहरुले उत्साहका साथ जवाफ दिनुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका वडानम्वर ५ का अध्यक्ष पदमपाणी सुवेदीले समग्र देशको विकासमा सत्तापक्ष र प्रतिपक्ष नभनी एकसाथ लाग्न आग्रह गर्नुभयो ।

साथै उहाँले विद्यालयले अव छिट्टै उच्च माध्यामिक तहको अध्ययापन संचालनमा सफलता मिलोस भन्दै आफुले सकेको सहयोग गर्ने बताउनुभयो । वैशाख ७ गतेबाट सुरु भएको स्वर्ण महोत्सवमा भोलि राष्ट्रिय कलाकार वद्रि पंगेनी लगायतका कलाकारहरुको प्रस्तुती रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुण्ठराज पौडेलले जानकारी दिनुभयो । स्वर्ण महोत्सवको समापन वैशाख १२ गते नेपाली काँग्रेसका नेता अर्जुननरसिँह केसीको प्रमुख आतिथ्यताबाट हुने बताउनुभयो ।

Share.

Leave A Reply