महिलाहरुको क्षमता विकासका लागि तालिम

0


सविता तिवारी
गैँडाकोट, १९ मंसिर । नरायाणी सामुदायीक बन उपभोक्ता समिति र सुर्यदिप नारी बचत तथा ऋण सहकारी संस्थाको सहकार्ययमा गैँडाकोटमा नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ । १६ दिने लैङ्गिक हिंसा बिरुद्द अभियानको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमा गैंडाकोट नगरपालिका नगर उपप्रमुख विष्णु कुमारी कडेंलले महिलाहरुमा नेतृत्वको भावना जागृत गराउन यस्ता तालिमको भूमिका रहने बताउनुभयो ।
सुर्यदिप नारी बचत तथा ऋण सहकारी संस्थाकि अध्यक्ष दिपा सापकोटाले महिलाहरुको व्यक्तित्व विकासका लागि उद्घोषण तालिमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा गैंडाकोट वडा नम्बर ६, ७ र ९ गरी ३० जना महिलालाई समेटिएको छ । कार्यक्रममा बोल्दै नरायाणी सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष दिननाथ त्रिपाठिले महिलाहरुको नेतृत्व विकासका लागि तालिम आयोजना गरिएको बताउनु भयो ।
पाँच दिनसम्म चल्ने तालिको प्रशिक्षण प्रशिक्षक कमल कडेंलले गर्नुहुनेछ ।

Share.

Leave A Reply