महिलालाई स्वस्थ राख्ने उपाय

0


गैँडाकोट । महिलाहरु घरका मेरुदण्ड हुन् । उनिहरुले घरायसी काम सहित बाहिरका काम समेत काम गर्नुपर्ने बाध्यता रहेको छ । उनिहरु शारिरीक रुपमा केही कमजोर भएपनि मानसिक रुपमा शक्तिशालीका रुपमा लिइन्छ । उनिहरुको स्वास्थ्य राम्रो बनाउन केही उपायहरु नियमित गरे मात्र पुग्छ । स्वस्थ रहन चाहनु हुन्छ भने, उपाय फेला पार्न कठिन छैन। स्वस्थ रहने यात्राको सुरुवात तपाईंको जीवनशैलीको सुधारबाट हुन्छ ।


– फलफूल र सागसब्जी बढी मात्रामा खानुहोस्।
– सेतो चामलको साटो ब्राउन राइस (खैरो चामल) र सग्लो अन्न खानुहोस्।
– बोसोरहित प्रोटिन, कुखुरा, माछा, सिमी÷बोडी र अन्य कोसे तरकारी खानुहोस्।
– प्रशोधित खाद्य पदार्थ (जंक फुड), चिनी, नुन र स्याचुरेटेड फ्याटको मात्रा घटाउनुहोस्
– नियमित व्यायाम गर्नुहोस । ब्यायमले व्यायामले तपाईंको मुटु स्वस्थ्य राख्छ, मांसपेशी वृद्धि गर्छ र हाड बलियो पार्छ।
– तौल घटाउनुहोस्, यसो गर्नाले तपाईं आफूलाई मुटुसम्बन्धी रोग, टाइप–२ मधुमेह र क्यान्सर लाग्न सक्ने जोखिम घटाउन सक्नु हुन्छ।
– नियमित स्वास्थ परीक्षण गराउनुहोस्। चिकित्सकले तपाईंको मेडिकल इतिहास सबै ट्र्याक गरेका हुन्छन् । उदाहरणका लागि यदि तपाईंलाई अस्टिओपोरोसिस (हाड कमजोर हुने स्थिति) को जोखिम भए चिकित्सकले तपाईंलाई क्याल्सियम र भिटामिन–डी खाने सल्लाह दिन्छन्।
– पूर्णरुपमा तनावमुक्त हुन सम्भव नभए पनि धेरै हदसम्म घटाउने उपाय अपनाउनुहोस् र आफ्नो स्वास्थ्यमा तनावको असर पर्न नदिनुहोस्।

Share.

Leave A Reply