महानगरीय लघु तथा मझौला उद्योग ग्रामका लागि भरतपुरमा जग्गा प्राप्त

0


गैडाकोट, ११ चैत्र ।  महानगरीय लघु तथा मझौला उद्योग ग्रामका लागि भरतपुरमा जग्गा प्राप्त भएको छ ।  दुई महिना अघि विज्ञापन मार्फत जग्गाको माग गरिए बमोजिम भरतपुर महानगरपालिका वडा नं.२१ पार्वतीपुरमा जग्गा प्राप्त भएको हो ।

महानगरीय लघु तथा मझौला उद्योग ग्रामका लागि ५ विगाहा १० कठ्ठा जग्गा प्राप्त भएको बताइएको छ । जग्गाको आजै अवलोकन गरिएको छ । जग्गा प्राप्तसँगै अब छिट्टै नै डिपिआरको काम शुरु गरिने भरतपुर महानगरपालिकाका शहरी योजनाकार एवं आर्किटेक अस्मिता खनालले जानकारी दिनुभयो ।

अवलोकनमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उप–प्रमुख पार्वती शाह, प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्ष त्रिलोचन कँडेल, भरतपुर महानगरपालिका वडा नं.२१ का वडा अध्यक्ष चित्रसेन अधिकारीलगायत सरोकारवाला स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply