मनसुन सुरु, आज केही ठाउँमा वर्षा हुने

0

गैँडाकोट, ३१ जेष्ठ । बुधबार देशको पूर्वी भागमा मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद मीनकुमार अर्यालका अनुसार मध्य र पश्चिमको पहाडी क्षेत्रमा भने सामान्य बदली हुनेछ । सोमबार बेलुका सामान्य खालको मनसुन नेपाल प्रवेश गरेको महाशाखाले जनाएको थियो । २÷३ दिनपछि मात्रै मध्ये हुँदै पश्चिम क्षत्रेमा मनसुन फैलने मौसमविद अर्यालले बताउनुभयो । नवलपरासी चितवनका केही स्थानमा विहानै देखि बादल लागेको थियो । केही स्थानमा छिटफूट पानी परेको थियो । अघिल्लो वर्ष असार १ गतेबाट मनुसन सुरु भएको थियो ।

Share.

Leave A Reply