मनकामना आमा समुह द्धारा राधाकृष्ण मन्दीर स्थापना

0


गैँडाकोट, १६ भदौ । मनकामना आमा समुहले शुक्रबार राधाकृष्ण मन्दीर तथा आमा समुह भवनको उद्घाटान गरेको छ । गैंडाकोट २ मा स्थित मनकामना आमा समुहले राधाकृष्ण मन्दीरको स्थापना गरेको हो । २०७१ साल असार ४ गते स्थापित आमा समुहमा ११७ जना महिलाहरु आबद्ध रहेका छन् । बिभिन्न चाड पर्वहरुमा रकम उठाएर साथै वडा स्तर र आबद्द महिलाहरु बाट रकम उठाएर मन्दीरको स्थापना गरीएको संस्थाकी कोषाध्यक्ष सिर्जना भुषालले बताउनु भयो ।


उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले संस्थाले छिट्टै समयमा उपलब्धी मुलक काम गरेको बताउनु भयो । उहाँँले नगर बिकासका लागि संस्थाले उठाउने सकारात्मक कदममा सदै नगरले हातेमाले गर्ने बताउनु भयो ।
आमा समुहले कार्यक्रममा उस्तिथ अतिथि लगायत सम्पुर्णलाई गीत गाएर स्वागत गरेको थियो ।


त्यस्तै गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धुव्रराम पौडेलले आफ्नो वडामा मनकामना आमा समुहले मन्दीरको स्थापना गर्नु एकदमैे सकारात्मक र उधाहरणीय काम भएको बताउनु भयो ।
कार्यक्रममा गैंडाकोट ५ नम्बरका वडा वडा अध्यक्ष नवराज कडेंल , वडा सदस्य लगायत बिभिन्न संस्थाका अध्यक्ष साथै प्रतिनिधिहरुको उपस्तििथि रहेको थियो भने समुहकी अध्यक्ष गिता ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Share.

Leave A Reply