मध्यविन्दुमा भएको छुट्टा छुट्टै सवारी साधन दुर्घटनामा ४ जना घाइते

0

नवलपुर, २१ जेठ । नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरको मध्यविन्दुमा भएको छुट्टा छुट्टै सवारी साधन दुर्घटनामा ४ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मध्यविन्दु नगरपालिका वडा नम्बर १५ स्थति पुर्व पश्चीम राजमार्गमा पुर्वबाट पश्चीम जादै गरेको लु १ च ८१५५ नम्बरको कुखुरा लोड गरेको बलेरो जिप आफै अनियन्त्रीत भइ पल्टदा तिन जना घाइते भएका छन । घाइते हुनेमा सवारी चालक बेचु रौनियार, भारत विहार मोतिहारी बस्ने दिनेश गुप्ता, विरगंज उपमहानगरपालिका भिष्वा बस्ने दिल्लव रौनियार रहेका छन ।

हाल उनिहरुको अरुण खोला स्थीत मनकामना मेडीकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।यसैगरी आज विहान मध्यविन्दु ७ स्थीत पुर्व पश्चीम राजमार्ग मा ना ५३ प ३४४४ नम्बरको मोटर साइकल आफै अनियन्त्रीत भइ पल्टदा मोटरसाइकल चालक देवचुली १४ बस्ने राम कुमार श्रेष्ठ घाइते भएका छन ।घाइते श्रेष्ठको मध्यविन्दु अस्पताल डण्डामा उपचार पछि थप उपचारको लागी भरतपुर अस्पतालमा रिफर गरीएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Share.

Leave A Reply