मध्यबिन्दु नगरपालिका–८ फुलबारीबाट लागूऔषध सहित ३ जना पक्राउ

0

मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिका–८ फुलबारीबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ५ सय ९७ थान, ईस्पास्मो २ सय ८८ थान, फेन्सिडिल १ सय ९९ थान, नुर्फिन १ सय ५५ थान, फेनारागन ५५ थान, डाईजेपाम ३५ थान र साइपाम २० थानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–८ बस्ने ३१ वर्षीय राममिलन केवल, सोही ठाउँ बस्ने ४१ वर्षीय अम्मरजित केवट र चितवन भरतपुर महानगरपालिका–१ का २७ वर्षीय अर्जुन बिक रहेका छन् ।

सोही ठाउँस्थित खटिएको प्रहरीले बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु.१ ख ७९८५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार निजहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Share.

Leave A Reply