मदनमोहन जोशी पुरस्कारबाट नमुना शर्मा पुरस्कृत

0

द्वारिका नेपाल, मङ्सिर ३ भरतपुर ।

साहित्य सङ्गम चितवनले यस वर्षको मदनमोहन जोशी पुरस्कार २०७४ बाट साहित्यकार नमुना शर्मालाई सम्मान तथा पुरस्कृत गरेको छ ।  साहित्य सङ्गम चितवनका संस्थापक अध्यक्ष स्वर्गीय मदनमोहन जोशीको नाममा स्थापित सो पुरस्कारबाट शनिवार भरतपुरमा भएको एक विशेष कार्यक्रमबाट स्रष्टा शर्मा पुरस्कृत तथा सम्मानित हुनुभएको हो । प्रगतिशील साहित्य सिर्जना तथा गायनका माध्यमबाट समाज रुपान्तरणमा विशेष योगदान पु¥याएको भन्दै शर्मालाई यस वर्षको पुरस्कार प्रदान गरिएको संस्थाका अध्यक्ष द्वारिका नेपालले जानकारी दिनुभयो । साथै अध्यक्ष नेपालले पुरस्कारको राशि दश हजार एक रुपैयाँ रहेको समेत जानकारी गराउनुभएको छ ।
सङ्गमका अध्यक्ष नेपालको अध्यक्षता तथा पुरस्कार संस्थापक परिवारका तर्फबाट मदनमोहन जोशीकी जेठी बुहारी विद्या श्रेष्ठ जोशीको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा मदनमोहनका बारेमा सङ्गमका संस्थापक सदस्य इन्द्र रेग्मी तथा सम्मानित व्यक्तित्व शर्माको व्यक्तित्व तथा कृतित्वका बारेमा प्रगतिशील लेखक संघकी केन्द्रीय सचिव सरिता तिवारीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफल, हाम्रो सिर्जना पत्रिकाका सम्पादक डी आर पोखरेल, सङ्गमका सल्लाहकार रामहरि श्रेष्ठ, अक्षर समूहका अध्यक्ष ईश्वर कँडेललगायतले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो । कार्यक्रम राजेन्द्र घायलले सञ्चालन गर्नुभएको थियो ।

Share.

Leave A Reply