निर्वाचन पछि विष्णु र राधाद्धारा मतदातालाई हार्दिक आभार व्यक्त

0

गैँडाकोट, ५ बैशाख । गैँडाकोट नगरकार्यापालिकाको उपमेयर पदमा निर्वाचित विष्णुकुमारी कंडेलले मतदातालाई हार्दिक आभार व्यक्त गर्नुभएको छ । एक विज्ञप्ती जारी गर्दै कंडेलले संघीय गणतान्त्रीक नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण कार्य स्थानीय तहको निर्वाचनमा सहभागि सबैलाई कंडेलले आभार व्यक्त गर्नुभएको छ । २० वर्षपछि स्थानीय प्रतिनिधि चयन गर्न पाउनु लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धी भएको समेत कंडेलको भनाइ रहेको छ ।

नेपाली काँग्रेसले घोषणा गरेका नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गरी गैँडाकोटको समृद्धिका लागि समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै कंडेलले निर्वाचनमा अपेक्षाकृत नतिजा हासील गर्न नसक्दा दुख र पीडा महशुस भएको समेत बताउनुभएको छ । दलभित्रका कमिकमजोरीका लागि आत्मसमिक्षा गर्नुपर्ने समेत कंडेलले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
निर्वाचनबाट धेरै सिके, समाजको कार्यमा सिकाई प्रयोग गर्नेछु – राधा पौडेल पाण्डे

यसैबीच, नेकपा एमालेबाट गैँडाकोटको उपमेयर पदमा उम्मेदवारी दिनुभएकी राधा पौडेल पाण्डेले स्थानीय तहको निर्वाचन आफ्नो सिकाइ भएको बतानुभएको छ । राधा पौडेल पाण्डे काँग्रेसकी उम्मेदवार विष्णुकुमारी कंडेल संग पराजित हुनुभएको हो । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पाण्डेले जीवनका हरेक यात्रामा जीत हार दुवै हुने र यस निर्वाचनले धेरै सिकाएको बताउनुभएको छ । आफूले सिकेको कुरा सामाजिक विकासमा लगाउन सकुँ भन्नुभएको छ । यसैगरी उम्मेदवार बनाएकोमा नेकपा एमालेलाई र अमूल्य भोट दिएका गैँडाकोटबासीलाई पाण्डेले कृतज्ञता व्यक्त गर्नुभएको छ ।

Share.

Leave A Reply