मकै बेच्न प्रहरीले रोक लगाएपछि कृषकहरुद्वारा समिति गठन

0

प्रेम क्षेत्री,गैंडाकोट । गैंडाकोट ७ स्थित मुख्य राजमार्ग नै अवरुद्ध हुनेगरि कृषकले मकै बेच्न थालेको र दुर्घटनाको जोखीम वढेको भन्दै सो क्षेत्रमा मकै बेच्न प्रहरीले रोक लगाएपछि मकै कृषकहरुले संघर्ष समिति गठन गरेका छन् ।

सोमबार प्रहरीले दुव्र्यवहार गरेको भन्दै मंगलबार गैंडाकोट नगरपालिकामा उपस्थित कृषक, प्रहरी र नगरपालिकाविचको छलफलपछि कृषकले छुट्टै समिति गठन गरेका हुन् ।

उनिहरुले गैंडाकोट फुटपाथ कृषि उपज व्यवसायी समूह गठन गरेका हुन् । समूहको अध्यक्षमा ईन्द्रराज कंडेल, उपाध्यक्षमा गोपाल पौडेल, सचिवमा वेदप्रसाद सापकोटा, कोषाध्यक्षमा उमा विक, सदस्यहरुमा भक्तबहादुर दर्जी, मनहरी सापकोटा, सुनिता पौडेल, मञ्जु सुनार र लक्ष्मी सेढाई रहेका छन् ।

उनिहरुले हातमा पोको लिएर दौडिन नपाउने, आफु बसेको स्थानमा मात्रै व्यवसाय गर्न पाउने, सवारी साधनमा झुण्डिने अवरोध गर्ने कार्य गर्न नपाउने, व्यवसायमा दर रेट समूहले तोके भन्दा वढिमा बिक्रि गर्न नपाईने, राजमार्गको छेउमा नै उपज राखी विक्रि गर्न नपाईने, एउटा व्यापारी र अर्को व्यापारी विचको दुरी कम्तिमा २० मिटर हुनुपर्ने निर्णय गरेका छन् ।

यि नियम पालना नगरेमा ५ सय जरिवाना लाग्ने र नतिर व्यवसाय गर्न नपाउने निर्णय गरेका छन् । उता ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख, प्रहरी निरिक्षक लोकबहादुर जिसीले भने राजमार्गमा कुनैपनि सामग्री विक्रि गर्न नपाईने बताउनुभयो । मकै बेच्न रोक लगाईएको भन्दा पनि राजमार्गमा हुनसक्ने दुर्घटना रोक्न यस्तो कदम चालिएको उहाँले बताउनुभयो ।

मकै मात्रै होइन मुख्य राजमार्गमा अन्य कुनैपनि कुराहरु बिक्री गर्न नपाइने र त्यसो गरेको पाए त्यसलाई हटाउने बताउनुभयो । छलफलमा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गैंडाकोट मकै जोन भएकाले यसलाई व्यवस्थित गर्न कृषक स्वयमले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले विकल्पका रुपमा गौली गुप्रको प्लटिङमा बिक्रि स्थल बनाई बेच्न सकिने बताउनुभयो । सो कार्यका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

राजमार्गमा नै बसेर बिक्रि गर्दा दुर्घटना हुन सक्ने भन्दै यसतर्फ सचेत बन्न उहाँले सबै कृषकलाई आग्रह गर्नुभयो । पुर्व पश्चिम राजमार्गको गैंडाकोट खण्डमा कृषकहरुले सडकको छेउछाउ लहरै बसेर मकै विक्रि गर्दा बाटो नै अवरुद्ध हुन थालेपछि राजमार्गमा सोमबारदेखी बिक्रि कार्यमा रोक लगाइएको छ । प्रहरी प्रशासनले अन्यत्र छुट्टै स्थानमा व्यवस्थित तरिकाले बिक्रि गर्न आग्रह गर्दै आईरहेको छ ।

Share.

Leave A Reply