मकालु एयरको विमान हुम्लाको खार्पुनाथमा दुर्घटना, दुवै चालकको ज्यान गयो

0

हुम्ला, जेठ २ । हुम्लाको खार्पुनाथमा मकालु एयरको नाइन एन ए जे यु विमान दुर्घटना हुँदा दुईजना चालकको ज्यान गएको छ ।
सुर्खेतबाट ११ सय ७० किलो सामान बोकेर हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा दुर्घटना हुँदा चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको ज्यान गएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ । विमान तीन टुक्रा भएको अवस्थामा फेला परेको छ ।


दुर्घटना हुँदा ज्यान गुमाएका चालकदलका दुईजना सदस्यको शव सुर्खेत हुदैं काठमाडौ लागिएको छ । दुवैजनाको शव हेलिकोप्टरबाट लगिएको हो ।


बिहानैदेखि सम्पर्कविहीन भएको विमान खोजीका लागि हेलिकोप्टर परिचालन गरिए पनि विमान दुर्घटनाको खबर सुरुमा भेडिगोठालाहरुले थाहा पाएका थिए । विमान दुर्घटना भएको खार्पुनाथको एक्लाभुजाचौरमा रहेका लामा रावलले आफूहरुले विमान खसेको देखेपछि सिडियो कार्यालयमा खबर गरेको जानकारी दिनुभयो । खबर आएपछि हेलिकोप्टरबाट प्रहरी र उद्धारकर्मीलाई घटनास्थलमा र्पुयाइएको थियो ।


विमानमा रहेका दुवै चालकको ज्यान गएको छ । विमान तीन टुक्रा भएको रावलले जानकारी दिनुभएको छ । विमान पहाडमा ठोकिएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिए पनि विस्तृत विवरण आउन बाँकी छ ।

Share.

Leave A Reply