भ्रष्टाचार र अनियमितता गरेमा कारवाही भोग्न तयार छुः वडा अध्यक्ष कडेँल

0

 गैडाकोट, १२ चैत्र । बागेश्वरी अशल शासन क्लब बास नवलपुरले आज वडा नंबर ५ मा अभिमुखिकरण कार्यक्रम गरेको छ । आज सम्पन्न कार्यक्रममा गैडाकोट वडा नं ५ का वडा अध्यक्ष नवराज कंडेलले भ्रस्टाचार र अनियमितता गरेको थाहा पाए सिधैँ आफुलाइ कारबाही गर्न सर्बसाधारण संग आग्रह गर्नुभएको छ  ।

बागेश्वरी अशल शासन क्लब बास नवलपुरले आज वडा नंबर ५ मा गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाले आफू जनताको भोटले निर्वा्चित भएको भन्दै गल्ती गरे कारबाही गर्ने अधिकार जनतालाइनै भएको बताउनुभयो । सुशासनका लागि जनप्रतिनिधि र सरोकारवाला विच भएको अभिमुखिकरणमा अध्यक्ष कंडेलले वडामा आर्थिक सामाजिक, राजनितिक वा निर्धा्रित समयमा काम नहुने कुनै पनि किसिमको अनियमितता भएको पाए सुचनाको हक अनुसार सुचना माग गर्न र नियमानुसार कारबाही गराउन आग्रह गर्नुभयो  । कसैले टीका लगाएर आफू निर्वा्चित नभएको भन्दै उहाँले जिताउने अधिकार भएका जनतालाई खबरदारी र कारबाहिको अधिकार भएको बताउनुभयो  ।

कार्यक्रममा बोल्दै नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेलले नगरभित्र अनियमितताबारे उजुरी वा गुनासो नआएको तर जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताउनुभयो । नगरमा बजेट बाँडफाड र बितरणमा सम्बन्धित क्षेत्रका बिज्ञ र सर्वसाधारणसंग समन्वय भैरहेको उहाको भनाई छ ।

बास केन्द्रीय अध्यक्ष रमेश सिटौलाले प्रशिक्षण दिदैँ नगर र वडा क्षेत्रको बिकासका लागि प्रत्येक नागरिकले चासो दिनुपर्ने बताउनुभयो । उहाँले वडा तहमा सामुहिक सल्लाह एकता र निर्णय सामुहिक हुन सके भ्रस्टाचार  नियन्त्रण गर्न सकिने बताउनु भयो । कार्यक्रममा अध्यक्ष सिटौला र केन्द्रिय उपाध्यक्ष लुना बुढाथोकीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा स्थानिय टोलबिकास संस्थाका प्रतिनिधिले वडाको बिकासमा आफुहरुको भुमिका रहेको बिषयमा प्रस्ट भएको बताए ।

कार्यक्रममा टोल बिकास संस्था संजालका अध्यक्ष पशुपती रिजालले जनप्रतिनिधिसंग आसा र अपेक्षा बढेको बताउनुभयो । यस्तै संजालका उपाध्यक्ष बिष्णु प्रसाद सापकोटाले वडामा भएका समस्या निराकरण हुन नसकेकोमा ध्यानाकर्षण गराउनुभयो ।

यस्तै मातृभुमी टोलबिकास संस्थाकी उपाध्यक्ष दुर्गा लामिछानेले वडाको काममा प्रशंसा र खबरदारी गर्ने जिम्मेवारी आफुहरुकै भएको बताउनु भयो ।

बास नवलपुरकी अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष राजेन्द्र पौडेलले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा बास नवलपुर अध्यक्ष पौडेलले सूचनाको हक प्रयोग गरेर सुचना मागेर नगर र वडा तहमा हुने भ्रस्टाचार रोक्न आग्रह गर्नुभयो ।

Share.

Leave A Reply