भ्रष्टाचारी प्रबृत्ति नै देशविकासको वाधक: एनआरएनए अध्यक्ष शेष घले ।

0

गैँडाकोट २२ अशोज ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भ्रष्टाचारी प्रबृत्तिका कारण देश विकास हुन नसकेको वताउनुभएको छ । विजय विकास स्रोतकेन्द्र गैँडाकोटको ३२ औं साधारणसभाको उद्घाटन गर्दै घलेले भुकम्प पिडितलाई सहयोग गर्न आफुले सुरु गरेको अभियानमा अवरोध पु¥याउने भ्रष्टाचारी प्रबृत्तिको अनुभब सुनाउनुभयो । कार्यक्रममा भिडिआरसीका अन्तराष्ट्रिय संयोजक त्रिलोचन सापकोटा, एनआरएनएका युरोप संयोजक दिल गुरुङ, एनआरएनएका प्रवक्ता रन्जु वाग्ले लगायतले मन्तव्य राख्नुभएको थियो । विजय परिवारका कामवाट आफु प्रभावित बनेको वताउदै घलेले व्यक्तिगत स्वार्थ भएका व्यक्तिहरु सामाजिक संस्थामा आवद्ध हुन नहुने विचार राख्नुभयो । आफ्नो सफलताको पुर्ण जस श्रीमती जमुना घलेलाई दिनुभएका शेषले आफ्नो कार्यकालमा एनआरएनएलाई स्वच्छ र पवित्र संगठन बनाएको दाबी गर्नुभयो ।
आफुले एनआरएनएमा लागेर व्यवशायलाई समेत विर्सिएको बताउँदै घलेले देश विकासकालागि युवा शक्तिलाई देशमा र्नै खपत गर्नुपर्ने वताउनुभयो । निजी हेलिकप्टर चार्टर गरेर आउनुभएका घलेले एनआरनएनहरु स्वदेशमा लगानी वढाउने भावनकासाथ अगाडि बढेको वताउनुभयो । शेष घलेकी श्रीमती जमुना घलेले आफ्नो देश र गाँउको विकासकालागि निकै भावनात्मक सम्बन्ध आफुरुसँग भएपनि देशको प्रणालीका कारण सक्दो सहयोग गर्न नसकेको गुनासो गर्नुभयो । सामुहीक सहकार्यको अभ्यासबाट देश समृद्ध बनाउने अभियानमा लागेको भन्दै विजय ग्रुपअन्तर्गत विकु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव सापकोटाले एनआरएनए अध्यक्ष समक्ष विदेशीएका नेपाली फकाईदिन आग्रह गर्नुभयो । कार्यक्रममा एनआरएनएका प्रतिनिधिहरु सहभागी रहेका थिए ।
एनआरएनएका युरोप संयोजक दिल गुरुङले देशमा तानाशाही प्रवृत्तिका कारण विकास हुन नसकेको वताउनुभयो । भिडिआरसीका उपाध्यक्ष लक्ष्मी गौतमको स्वागत मन्तवय र सचिव कृष्ण सापकोटाको सहजीकरण रहेको कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षता रहेको थियो । कार्यक्रममा विजय परिवारको संक्षिप्त जानकारी विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा विजय विकास स्रोतकेन्द्रका अध्यक्ष बसन्तराज लम्सालले गराउनुभएको थियो । कार्यक्रममा संस्थालाई योगदान पु¥याउने उत्प्रेरक तिलक सापकोटालाई विशिष्ट दिर्घसेवा सम्मान, उत्कृष्ट सदस्यमा त्रिलोचन सापको कार्यसमिती सदस्य तर्फ सचिव कृष्ण सापकोटा र उत्कृष्ट कर्मचारी शर्मिला खनाललाई सम्मान गरीएको थियो ।

भिडिआरसीको अध्यक्षमा हरिलाल सापकोटा

यसैबिच भिडिआरसीको शनिवार नै सम्पन्न अधिबेसनले हरिलाल सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी गौतम सचिवमा कृष्ण प्रसाद सापकोटा सहसचिवमा भुमीराज चापागाइ र कोषाध्यक्षमा पार्वती कंडेल रहनुभएको छ । सदस्यहरुमा माधवप्रसाद पौडेल, रेखा कुमारी श्रेष्ठ, दिपनारायण सापकोटा, सिता रिजाल, गोपिनाथ खरेल रहनुभएको छ । निवर्तमान अध्यक्ष खेमराज सापकोटा पदेन सदस्य रहनुभएको छ ।

 

Share.

Leave A Reply