भोलीबाट सुरु हुने अमरापुरी महोत्सवको उद्घाटन मन्त्री गौतमबाट

0

गैँडाकोट, २ असोज । भोलीबाट सुरु हुने ऐतिहासिक अमरापुरी महोत्सवको समुद्घाटन नेपाल सरकारका सिंचाई मन्त्री संजय कुमार गौतमबाट हुने भएको छ । सवा १ सय स्टल रहने अमरापुरी महोत्सवमा भोली विहान १० बजेबाट शोभा यात्रा निस्कने छ । अमरापुरी १६ नम्बर चोक शिवालय मन्दिरबाट विहान १० बजे महोत्सवको शोभा यात्रा निस्कने छ । विहान १० बजे निस्कने शोभा यात्रा लक्ष्मी उच्च माविको प्रांगणमा रहेको प्रदर्शनी स्थलमा पुग्नेछ । एकसय भन्दा बढी संघसंस्थाको सहभागिता रहने अनुमान गरिएको शोभा यात्रामा हजारौँ स्थानीयको उपस्थिति रहने आयोजक संस्था रेन्बो युथ क्लबका उपाध्यक्ष जीवन पौडेलले विजय एफ एमलाई बताउनुभयो । पर्सिबाट सुरु हुने सांगीतक महोत्सवका कार्य तालिका सोमबार बेलुकानै तयार हुने समेत पौडेलले बताउनुभयो । मंगलबारबाट सुरु भएको महोत्सव असोज १२ गतेसम्म जारी रहनेछ ।

Share.

Leave A Reply