भोक्रोफाटको बिकासका लागि बाख्रा पालन

0


गैँडाकोट, ८ मंसिर । गैंडाकोट नगरपालिका वडा नम्बर ३ मा रहेको भोक्रोफाटको बिकासमा नगरपालिका सकारात्मक रहेको नगर उप–प्रमुख बिष्णुकुमारी कंडेलले बताउनुभयो । केही दिन पहिले भोक्रोफाट पुगेर आउनुभएको उपप्रमुख कंडेलले विकासमा पछि परको त्यस क्षेत्रमा उत्पादन मुखी कार्यक्रम अघि सारिने बताउनुभयो । सिर्जनशिल सामुदायिक बिकास मञ्चले आयोजना गरेको हरि बोधनि एकादशी मेलामा उपप्रमुख कंडेल पुग्नुभएको थियो । गैंडाकोट नगर भित्र रहेका दुर्गम वडाको बिकास कुर्न अब धेरै समय पर्खन नपर्ने कंडेलको भनाइ छ । कंडेलले यस क्षेत्रमा बाख्रा पालनको सम्भावना रहेकोले यसमा नगरपालिकाले पूर्ण सहयोग गर्ने बताउनुभएको छ । पहाडी क्षेत्र बाख्रा पालनका लागि उत्तम रहेको छ ।

Share.

Leave A Reply