भेडावारी सामुदायिक वनद्धारा आयोजित उद्घोषण तालिम सकियो

0

२२ असार, गैडाकोट । भेडाबारी सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको तीन दिने उद्घोषण तालिम आज सकिएको छ । उपभोक्तहरुका लागि आयोजना गरेको तालिमले गरेको ३ दिने उद्घोषण तथा नेतृत्व बिकास कार्यक्रम आज सकिएको छ। कार्यक्रमका प्रमुख अतिथी गैडाकोट नगरपालिकाका वडा नम्बर ११ का वडा अध्यक्ष गोबिन्द सुबेदिले तालिममा सिकेको कुराहरुलाई व्यवहारमा प्रयोग नगरेसम्म परिणाम नआउने भन्दै तालिमले वाक बलाको मात्र नभई नेतृत्व बिकास पनि गराउने उहाँको दावी थियो ।

भेडावारी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष गुरुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल सुधार समिति, आमा समुहका अगुवाहरुको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply