भृकुटी कागज कारखाना सञ्चालकलाई समय सिमा दिने र त्यसपछि पनि नभए सरकारले जिम्मा लिने – मन्त्री यादब

0


गैँडाकोट, १५ बैशाख । शनिबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले गैँडाकोटमा रहेको बन्द अवस्थामा रहेको भृकुटी कागज कारखानको अवलोकन गर्नुभएको छ ।


अवलोकनका क्रममा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले उद्योगका बारेमा बताउँदै उहाँले उद्योग बिक्रि भएको उल्लेख गर्दै मजुदरका समस्या समाधान गर्नुपर्ने र भृकुटि कागज कारखानालाई राष्ट्रियकरण गर्नुपर्ने माग गर्नुभयो ।


गैंडाकोट वडा नम्बर ५ का वडा सदस्य एवं भृकुटी समस्या समाधान समितिका सदस्य समेत रहनुभएका भृकुटि कागज कारखानाका संघर्ष समितिका सह संयोजक हरिप्रसाद ढकालले मन्त्रीलाई बुझाएको मागपत्र बारे बताउनुभयो ।


लगत्तै भएको पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले छिट्टै एउटा टोली पठाएर सकरात्मक सन्देश पाउने वातावरण बनाउने आश्वासन दिनुभयो ।


उहाँले प्लटिङ गर्ने नभई उद्योग सञ्चालन हुनुपर्ने बताउनुभयो । त्यसका लागि सञ्चालकलाई समय सिमा दिने र त्यसपछि पनि नभए सरकारले जिम्मा लिने बताउनुभयो ।

 

प्रेस चौतारी नवलपुर र प्रेस सेन्टर नवलपुर को संयुक्त आयोजनामा भएको सो कार्यक्रम प्रेस चौतारी नवलपुर शाखा अध्यक्ष हिमालदेव पंगनीको अध्यक्षतामा भएको थियो ।

Share.

Leave A Reply