भुजेल गाँउलाई नमुना रोटरी गाउँ बनाउने अवधारणा

0

तिलक सुवेदी
गैंडाकोट ,असार १६
रोटरी क्लव अफ गैंडाकोटले गैंडाकोट नगरपालिका वडा नम्बर ३ मा रहेको भुजेल गाँउलाई नमुना रोटरी भुजेल गाउँको अवधारणा ल्याएको छ । सोही अवधारण अनुरुप सोमबार भुजेल गाँउमा एक घर दुई कागतीको विरुवा वृक्षरोपण गरीएको हो ।

भुजेल गाँउमा ७० कागतिका विरुवा सोमबारनै वृक्षरोपण गरीएको हो । यो क्षेत्रको आर्थिक विकासका लागी यस्ता योजनाले गाँउको विकास हुने कार्यक्रमका प्रमुख अथिति गैंडाकोट नगरपालिका वडा नम्बर ३ वडाअध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । कार्यक्रममा रोटरी क्लव अफ गैंडाकोटका निवर्तमान अध्यक्ष गोपेन्द्रकेशरी न्यौपानेले ‘रोटरीले धेरै गाउँमा उदारणीय काम गरीसकेको र अब पालो भुजेल गाँउको अएको’ बताउनुभयो । रोटरी क्लव अफ गैंडाकोटका संस्थापक अध्यक्ष भिमप्रसाद शर्माले यो गाँउमा नयाँ काम आउने तर जनचासो सोही अनुरुप नहुने हुदा पनि काम गर्न अप्ठारो परेको बताउनुभयो । शर्माले भन्नुभयो “स्थानीयको साथ पाए पानिको समस्य टर्न धेरै समय लाग्दैन।” कार्यक्रमको अध्यक्ष वर्ष १९–२० का अध्यक्ष करुणा सागर सुवेदीको रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तब्य रोटरी कम्यूनिटी क्रप्सका अध्यक्ष डिलबहादुर भुजेलले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण वृक्षरोपण कार्यक्रमका संयोजक निर्मल पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा राजेन्द पौडेल,शंकर प्रसाद घिमिरे, प्रकाश पौडेल,इन्द्रप्रसाद पौडेल यदु घिमिरे मिना शर्माको उपस्थित रहेको थियो । जूलाई १ देखि वर्ष १९–२० को लागिनै नयाँ समितिले पूर्णता पाएको छ । समितिका सम्पूर्ण सदस्यको घरमा पनि एक कागतीको विरुवा वृक्षरोपण गर्ने वर्ष २०१९–२० अध्यक्ष करुणासागर सुबेदीले विजय एफएमलाई जनकारी दिनुभयो ।

Share.

Leave A Reply