भीडिआरसीको चालिसौँ वार्षिकोत्सवका अवसरमा वृक्षारोपण (भिडियो सहित)

0

 

गैँडाकोट, २६ अषाढ । बिजय बिकास स्रोत केन्द्रले आफ्नो ४० औं बार्षिक उत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । विगत ४० वर्ष देखी नै बिजय बिकास स्रोत केन्द्रले वार्षिक उत्सवको असर पारेर वृक्षारोपण कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष हरिलाल सापकोटाले बताउनुभएको छ ।

सं.स्थाको स्थापना काल देखी बिभिन्न क्षेत्रमा बृक्षारोपण गर्दै आएको साथै बिगत २० वर्ष देखी गैंडाकोट २ नारायणी किनारमा रहेको करिब ५ हेक्टर जग्गामा करिब २ हजार जाति बरुवा बिजय बिकास स्रोत केन्द्रको युवा बृक्षारोपण परियोजना अन्र्तगत बृक्षारोपण गरीयो । बिजय क्लबको नाम मा बिजय बिकास स्रोत केन्द्रको स्थापना हुदाँ खेरी बर्खाको समय भएकाले बृक्षरोपण गर्नै उपयुक्त समय भएकाले सुरु गरीएको थियो । पर्यटकीय रुपमा पनि केन्द्रीत स्थान नारायणी किनारमा भए गरेका संरचनाहरुलाई समेट्दै बाल उद्यानको रुपमा बिकास गर्ने सापकोटाले बताउनु भयो । बृक्षारोपण कार्यक्रममा बिजय बिकास स्रोत केन्द्रका सस्थापक अध्यक्ष, पुर्व अध्यक्ष,वर्तमान अध्यक्ष , बिजय परिवारका अन्य संस्थाका पदाधिकारी,कर्मचारी लगायत बिभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply