भिडिआरसीले बगरलाई बनायो हरियो बन

0

गैँडाकोट २५ असार ।


विजय विकास स्रोतकन्द्र गैँडाकोटले २५ बर्ष लगातार संरक्षण गर्दै नारायणीको बगरलाई हरियाली बन बनाएको छ । नारायणी नदिको कटान र बाढिले बगर बनाएको गैँडाकोट तर्फको ५२ रोपनी जग्गालाई विजय विकास स्रोतकेन्द्रले हरियाली बन बनाएको हो । वि.स. २०४७ सालदेखि निरन्तर वृक्षारोपण र त्यसको संरक्षण गर्दै आएको भिडिआरसीले बर्सेनी सो ठाँउमा वृक्षारोपण गर्दै आएको छ । गैँडाकोट १ नारायणी नदि किनारमा आईतवार केन्द्रले आफ्नो ३९ औं वार्षिकोत्सबको अवसर पारेर २०० विभिन्न जातका विरुवा वृक्षारोपण गरेको छ । केन्द्रका पदाधिकारी, आजीवन सदस्य, साधारण सदस्य सहितको टोलीले संरक्षित क्षेत्रमा पुगेर टिक, बकैना र लप्सीका विरुवा वृक्षारोपण गरेका हुन् । बृक्षारोपण कार्यक्रममा सहभागी हुँदै गैँडाकोट नगरपालिकाका उपप्रमुख तथा विजय विकास स्रोतकेन्द्रकी सदस्य विष्णुकुमारी कँडेलले बगर बनेर वस्तीनै जोखिममा पारेको क्षेत्रको संरक्षण गरेर विजय विकास स्रोतकेन्द्रले वातावरणिय सन्तुलन मात्र होईन धेरै घरपरिवारको जीवन बचाएको वताउनुभयो ।

विजय विकास स्रोतकेन्द्रका अध्यक्ष खेमराज सापकोटाले सामाजिक उत्तरदायित्व महसुस गरी केन्द्रले नदि कटान रोक्न र वातावरण हराभरा राख्न गरेको प्रयास सामुदायिक बनका लागि पनि उदाहरण हुने गरेको वताउनुभयो । भिडिआसीले नारायणीको वाढिले बगर बनाएको ५२ रोपनी जग्गालाई सरकारसँग ४० बर्षको भाडामा लिएर बृक्षारोपण, तारवार र निरन्तर संरक्षण गर्दै आईरहेको छ ।

वि.स. २०४७ सालदेखि संरक्षण गर्दै आएको सो क्षेत्रमा अहिले साल, सिसौं, बास, टिक, बकैना, निम, लप्सी, सिमल जस्ता १० हजार रुखहरु रहेका छन् । उक्त क्षेत्रको संरक्षणकालागि हेरालु राख्ने, चौकीदार राख्ने, तारवार गर्ने, संरक्षणको योजना बनाउने र वृक्षारोपण गर्ने काम गर्दा करिब ४० लाख खर्च भैसकेको विजय विकास स्रोतकेन्द्रका सञ्चालन निर्देशक टिकराम कँडेलले जानकारी दिनुभयो । कँडेलले अझै सम्झौताको अवधि १५ बर्ष रहेकाले सो अवधिमा उत्त क्षेत्र प्राकृतिक सौन्दर्ययुक्त आयआर्जनको क्षेत्र बन्ने विश्वास ब्यक्त गर्नुभयो । सरकारले निति परिवर्तन नगरेमा भिडिआरासीले सो क्षेत्रको संरक्षण गरिरहने उहाँको भनाई थियो । बगरलाई सरकारसँग भाडामा लिई नदि कटान रोक्न र वातावरण सन्तुलन कायम गर्न भन्दै बृक्षारोपण गर्दा धेरै मानिसले खिशि गरेको स्मरण गर्दै विजय विकास स्रोतकेन्द्रका अध्यक्ष खेमराज सापकोटाले अहिले बगर हरियो ब नबनेको देख्दा खुशि लाग्ने गरेको वताउनुभयो । २ दिने कार्यक्रम सहित वार्षिकोत्सब मनाउने तयारी गरेको विजय विकास स्रोतकेन्द्रल सोेमवार संघियतामा सम्बृद्धिका साझेदारः स्थानीय सरकार र नागरिक समाज विषयक विचार गोष्ठि गर्दैछ । विकासविद तथा संघियताविज्ञ अच्युत वाग्लेको उपस्थितीमा नगरका नवनिर्वाचित पदाधिकारीको सहभागीतामा गोष्ठि गर्न लागेको भिडिआरसीका कार्यकारी दिर्नेशक प्रेमकृष्ण मानन्धरले वताउनुभयो ।

Share.

Leave A Reply