भिडिआरसीका अध्यक्ष सहकारी विकास बोर्डमा

0

गैँडाकोट । विजय सामुदायिक सूचना तथा संचार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष तथा विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटा सहकारी विकास बोर्डको सदस्यमा चयन हुनुभएको छ । नेपाल सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णयबाट सापकोटालाई बोर्डको सदस्यमा चयन गरिएको हो । सापकोटाले नवलपरासीमा सहकारीको सुरुवात गर्नुभएको थियो । वि सं. २०४८ सालमा विकू बचत तथा ऋण सहकारी संस्था स्थापनामा नेतृत्व लिनुभएका सापकोटा नेफ्स्कूनका संस्थापक समेत हुनुहु्न्छ ।

Share.

Leave A Reply