भिटामिन ए र जुकाको औषधि खुवाइँदै

0

Receiving vitamin A supplements. Location at Kedatuk Local Integrated Health Service “posyandu”, Suka Makmur Village, Gerung Distric, West Lombok Regency, West Nusa Tenggara Province, Indonesia.

वैशाख ६ । मुलुकभर रहेका पाँच वर्ष मुनिका बालबालिकालाई सरकारले आज भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ ।

एकवर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउन लागेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

करीब ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन ४८ हजार महिला स्वास्थ्य स्वयम् सेविका खटाइएको महाशाखा अन्तर्गतको खोप शाखाका अधिकृत बसन्त श्रेष्ठले बताउनुभयो ।

सरकारले वैशाख ५ र ६, कार्तिकको २ र ३ गते गरी वर्षको दुई चरणमा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको महाशाखाले जनाएको छ । सरकारले २०५४ सालदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको हो ।

आफुलाई पायक पर्ने ठाउँमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

Share.

Leave A Reply