भिकोलको आज १७ औ साधारण सभा/विजय खबर तेस्रो बर्षमा

0

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको सत्रौँ साधारण सभा आज हुँदैछ । आज हुने साधारणसभाका लागि तयारी सकिएको व्यवस्थापक ध्रुवमणि पौडेलले बताउनुभयो । साधारण सभा विजय विकास स्रोत केन्द्रको सभाहलमा दिउँसो २ बजे सुरु हुने छ । १७ आँै साधारणसभाका क्रममा गतवर्षको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिने र सो माथि छलफल हुनेछ, यसैगरी लेखापरिक्षणको प्रतिवेदन प्रस्तुत र छलफल गरिनेछ ।

संस्थाको आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रममाथि पनि छलफल हुने संस्थाका सचिव नारायणप्रसाद सापकोटाले बताउनुभयो । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको वि.सं. २०५७ सालमा स्थापना भएको थियो । विजय विकास स्रोत केन्द्रको एकीकृत विकासको अवधारणा अनुरुप यस सूचना तथा सञ्चार सहकारीको स्थापना भएको थियो ।

समुदायको सूचनामा पहुँच वृद्धि गरी सशक्तिकरण गर्नु प्रमुख लक्ष्यका साथ स्थापित यस सहकारीबाट सुने जितिन्छ विजय एफ एम १०१.६ र प्रत्येकको घर विजय खबर प्रसारण तथा प्रकाशन हुँदै आएका छन् । विजय एफ एम आज भन्दा १४ वर्ष अघिबाट निरन्तर प्रसारण हुँदै आएको छ भने विजय खबर पत्रिका तीन वर्ष अघिबाट प्रकाशन हुँदै आएको छ ।
विजय खबर तेस्रो वर्षमा प्रवेश
विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा प्रकाशित विजय खबर पत्रिका तेस्रो वर्षमा प्रवेश गरेको छ । समाजमा कला संस्कृतिको जगेर्ना, विकाससंग सम्बन्धित बहस र सामाजिक गतिविधिलाई उजागर गर्दै सुशासनका लागि खबरदारी गर्ने उद्देश्यका साथ प्रकाशित विजय खबर २०७२ कार्तिक २४ गतेबाट प्रकाशनमा आएको हो ।

समाजमा हुने कुरीति, विसंगति र व्यथितिका विरुद्ध आवाज उठाउँदै आएको विजय खबरले शिक्षा भित्रको राजनीति, सहकारीताको प्रवर्धन तथा व्यवस्थापन, स्थानीय विकास र सुशासनका लागि पहिचान बनाउन सफल भइसकेको छ ।

Share.

Leave A Reply