भारतको गोवामा खुल्ला भलिबल प्रतियोगिता हुदै

0

गैँडाकोट १२ फागुन ।

यहीँ फागुन १७ भारतको गोवामा खुला भलिबल प्रतियोगिता हुने भएभएको छ । अन्तराष्ट्रिय नेपाली समाज भारत गोवा प्रदेश समितिको आयोजनामा राम्रो खेल हाम्रो खेल भन्ने नाराका साथ प्रतीयोगीता हुन लागेको हो । भलिबल टुर्नामेन्टमा विभिन्न नगरबाट प्रवासी नेपालीहरुले सहभागीता जनाउने खेल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र सेर्पालीले जानकारी दिनुुभयो ।
भारतमा रहेका नेपालीहरुलाई संगठीत बनाउन गत वर्ष जस्तै यो वर्ष पनि भलिबल खेलको जगेर्ना गर्ने लक्ष्यसहित अन्तर्रा्ष्ट्रिय नेपाली सामाज भारत अन्तरगत गोवा प्रदेशले होलीपुर्णिमाको अवसरमा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुनेले टोलीले नगद १५ हजार प्राप्त गर्नेछ भने द्धितिय हुनेले नगद रु १० हजार र तृतीय स्थान प्राप्त गर्ने टिमले नगद रु ५ हजार प्राप्त गर्ने खेल संयोजक सेर्पालीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply