भरतपुर–४ शिवघाटको एभरेष्ट कलर प्रालिमा आगलागी, करोडौंको क्षति

0

चितवन । भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना, एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ ।

बिहान ७ बजेदेखि शुरु भएको आगलागी अहिले नियन्त्रणमा आएको छ । आगलागीबाट करिब साढे पाँच करोडको क्षति भएको संचालक बद्रीनाथ पोखरेलले दाबी गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिका, हेटौँडा नगरपालिकाका दमकल, जिल्ला प्रहरी कार्यालय चितवन, सशस्त्र प्रहरी, जुनियर अधिकृत शिक्षालय, भरतपुरका प्रहरी र स्थानीय खटिएका थिए ।

भरतपुर महानगरपालिकाको एउटा दमकलले आगो नियन्त्रण गर्न नसकेपछि नवलपुरको कावासोती र हेटौडाबाट दमकल ल्याएर आगो नियन्त्रण गरिएको हो । विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।

अहिले क्षतिको विवरण संकलन हुदैंछ ।

Share.

Leave A Reply