भरतपुर २ का दलित महिलाहरुलाई उद्घोषण तालिम/ सार्वजनिक कार्यक्रममा बोल्न नडराउने प्रतिवद्धता

0

डोलराज रानाभाट, ११ वैशाख ।  भरतपुर महानगरपालिका २ को आयोजनामा आयोजित  दलित महिलाहरुको लागि नेतृत्व विकास तथा उद्घोषण तालिम आज सम्पन्न भएको छ ।

समाजका विभिन्न कार्यक्रमहरुमा बोल्न तथा आफ्नो हक अधिकार खोज्न सक्ने वनाउन तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक एवम् वडा सदस्य धन कुमारी विकले जानकारी दिनुभयो ।

उहाँले अझैपनि समाजमा हुने कार्यक्रमहरुमा दलित, जनजाति , महिलाहरुलाई सहभागिता जुटाउन गाह्रो पर्ने बताउनुभयो । उद्घोषण तालिममले महिलाहरुको आत्मविश्वास बढाएको र आगामी वडा योजना निर्माणमा समेत सक्रिय सहभागीता रहने विश्वास व्यक्त गर्नुभयो ।

५७ जना महिलाहरुको सहभागिता रहेको तालिममा विजय एफएमका सह सम्पादक डोलराज रानाभाट, कालिका एफएमका समाचार शाखामा कार्यरत राजु थापा र मुकुन्द भुषालले प्रशिक्षण दिनुभएको थियो । तालिमको छोटो समयमा प्रशिक्षकहरुले राम्रोसँग प्रशिक्षण दिएको भन्दै सिकाई प्रभावकारी रहेको सहभागीहरुको भनाई थियो । आयोजकले धन्यवाद सहित प्रमाणपत्रले प्रशिक्षकहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष पुर्ण बहादुर श्रेष्ठले आफ्नो वडामा हुने हरेक तालिमहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । बोल्नेकला अभ्यासमा भर पर्ने भन्दै उहाँले समाजका बैठक तथा कार्यक्रममा प्रश्न सोध्ने तथा आफ्ना कुराहरु राख्न प्रयास गर्नुपर्ने बताउनुभयो । साथै तालिमले थप सहयोग गरेको बताउनुभयो ।

महानगरपालिका कार्यकारिणी सदस्य टेकलाल विक र भरतपुर महानगरपालिका २ का वडा सदस्य विष्णु प्रसाद अधिकारीले मन्तब्य ब्यक्त गर्दे सिकेका कुरालाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।  सहभागि सवैलाई प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमलाई प्रशिक्षार्थी कल्पना सुनारले सहजीकरण गर्नु भएको थियो ।

Share.

Leave A Reply