भरतपुर १९ र २० ले कसलाई बनाउला मेयर

0

भरतपुर, १४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले अग्रता कायम रहेको छ । तर मतगणना अन्तिम चरण तर्फ पुग्दै गर्दा रेणु दाहालको मतअन्तर भने घट्दै गएको छ । भरतपुर महानगरको वडा नम्बर २१ को २४०० को मतगणना सम्पन्न भइसकेको छ । २१ वाडमा ३५८८ मत खसेको थियो ।  अहिले मत अन्तर घटेर ९ सय ९ मा आइपुगेको छ । एमालेका देवी ज्ञवाली ज्ञवालीको ४०५८८  र माओवादी केन्द्रकी उम्मेदवार रेणुदाहालको ३९६७९ मत रहेको छ । वडा नम्बर १८ वडा अध्यक्षसहित तीन सदस्यमा कांग्रेस विजयी भएको छ भने एक सदस्यमा एमालेका उम्मेद्वार विजयी भएका छन् । उपमेयरमा भने कांग्रेसकी पार्वती शाहको अग्रता कायम छ । अब वडा नम्बर १९, २० को मत गन्न बाँकी छ । ती दुवै वडामा कांग्रेसको वचस्र्व रहेको विश्लेषण गरिदै आएको छ ।

Share.

Leave A Reply