भरतपुर–१९ को पछिल्लो मतपरिणाम ,मतान्तर घटाउदैं रेणु दाहाल

0

चितवन २१ साउन
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा शुक्रबार भएको चुनावको पछिल्लो नतिजा अनुसार देवी ज्ञवाली अगाडी छन् । १९ नम्वर वडाको गणनामा भने रेणु दाहालको अग्रता छ । माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दहालले मतान्तर घटाउदै लगेकी छन् ।
उक्त वडामा शुक्रबार पुनः मतदान भएको थियो। पहिलो चरण निर्वाचनको मतगणनामा मतपत्र च्यातिएपछि निर्वाचन आयोग र अदालतले त्यहाँ पुन मतदान गर्न भनेका थिए।मतदान सकिएपछि बसेको सर्वदलिय बैठकले शुक्रवार रातीबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो। मतगणनास्थलमा एउटा पार्टीबाट ९ जना प्रतिनिधि छन्। त्यस्तै चार समुहमा बाँडेर मतगणना भइरहेको छ। मतगणना स्थलमा दलीय प्रतीनिधीलाई जालीभित्र राखेर गणना भैरहेको छ भने सिसिटिभि क्यामेरा पनि जडान भएको छ ।

Share.

Leave A Reply