भरतपुर महानगरपालिकामा विपद्को अवस्थाबारे तथ्याङ्क संकलन कार्य शुरु

0


प्रेम क्षेत्री
जेठ ८, भरतपुर । भरतपुर महानगरपालिकामा संकटासन्नता क्षमता लेखाजोखा गर्न थालिएको छ । महानगरका २९ वटै वडामा विपद्को अवस्थाबारे तथ्याङ्क संकलन कार्य शुरु गरिएको हो ।
हरेक वडामा २÷२ जनाका दरले तथ्याङ्क संकलक खटाईएको छ । ३ दिने तालिमपछि उनिहरुले विपद्को अवस्था, समुदायमा रहेको विपद् जोखिमका विषयमा तथ्याङ्क संकलन गर्नेछन् । संकलन गरिएको तथ्याङ्क महानगरमा पेश गरिने छ । यसले महानगरको विपद् ब्यवस्थापन रणनीति बनाउन सहज हुने विश्वास गरिएको छ ।


नीति निर्माण देखी योजना तर्जुमा गर्दै बजेट विनियोजन गर्न सहज हुने सहयोगी भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालका फिल्ड अधिकृत दर्शन मल्लले जानकारी दिनुभयो । हरेक वडासँगको सहकार्यमा स्थानीय समुदायबाट २ जनाका दरले ५८ जना सर्भेक्षक सो कार्यमा खटिएको जनाउँदै उहाँले विपद् पुर्व तयारीमा यसले सहयोगी भुमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।


यसअघि भरतपुर महानगरपालिकामा ३ दिने संकटासन्नता क्षमता लेखाजोखा तालिम प्रदान गरिएको थियो । तालिममा विपद् विज्ञ एवम् भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यक्रम निर्देशक विजयकृष्ण उपाध्याय, विपद् विज्ञ ओमकला खनाल, शुसिल पण्डित, एनसेटका फिल्ड अधिकृत ईन्जिनियर दर्शन मल्ल, ई. विनोद सापकोटा, ई. करुणा शाक्य, ई. रोशन घिमिरे, ई. विशाल कंडेल र ई. कपिल रिजालले सहजिकरण गर्नुभएको थियो ।

 

Share.

Leave A Reply