भरतपुर मतगणना विवाद, सर्वोच्चमा आज पनि बहस

0

साउन १२ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा बिहीबार पनि बहस भैरहेको छ ।

न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरषोत्तम भण्डारीको इजलासमा केही दिनदेखि यो मुद्दामा बहस भैरहेको छ । गएको सोमबार सुनुवाई नसकेपछि बिहीबार फेरि बहस भएको हो । मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गराउने निर्णय गरेको थियो ।त्यसपछि १९ नम्बर वडाका वडा सदस्य गुञ्जमान बिकसमेतले आयोगको निर्णय खारेज गरी मतगणना गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

जेठ २१ गते दर्ता भएको यो मुद्दामा सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको साढे दुई महिना हुनै लाग्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन् । चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् ।

Share.

Leave A Reply