भरतपुरमा ९० मतपत्र च्यातिएको पुष्टी

0

गैँडाकोट १८ जेठ
भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार शिलबन्दी खोलिएको थियो ।

गणनामा संलग्न नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाहले च्यातिएको ९० मतपत्र गन्न सक्ने अवस्थामा नरहेको बताइन् । गन्न मिल्नेसम्म टेप लगाएर पनि मिलाइएको भन्दै पार्वती शाहले च्यातिएका मतपत्रहरु गन्न मिल्ने अवस्थामा नरहेको बताईन । एक मतले पनि हार जित हुने भएकाले पुनःमतदान गर्न उनले माग गरेकी छन् ।

भरतपुर वडा नम्बर १९ मा जम्मा खसेको मत २ हजार ८ सय ९७ हो । यसअघि १ हजार ८ सय ९ मत गणना भइसकेको छ । बाँकी रहेको मतमध्ये ९ सय ९८ वटा सुरक्षित रहेको र ९० वटा मतपत्रमा क्षति पुगेको हो ।

Share.

Leave A Reply