भरतपुरमा युवाहरुलाई उत्प्रेरणा तालिम सम्पन्न

0

गैडाकोट, १० चैत्र । हेल्प फर हेप्पिनेसको आयोजनामा भरतपुरको क्यान्सर हलमा मोटिभेसनल सेमिनार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख वक्ता रोहित् मल्लले सहभागीहरुलाई उत्प्रेरित गराउनुभएको थियो ।

युवाहरुलाई लक्षित गरि आयोजना गरिएको सो कार्यक्रममा उल्लेख्य सहभागीहरुको उपस्थिती रहेको सदस्य निरज तिवारीले जानकारी दिनुभयो । संस्थापक नविन तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा एलवि क्षेत्री रहनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय नृत्यहरु प्रस्तुत गरिनुका साथै ७ बर्षीय वालिका आयुसी पौडेलले आखा वन्द गरेर विभिन्न रंगहरुको पहिचान गर्ने अद्भुत कलाले थप मनोरन्जन प्रदान गरेको थियो ।

कार्यक्रममा हेल्प फर ह्याप्पिनेसको गित पनि सार्वजनिक गरिएको सुजल गिरीले जानकारी दिनुभयो । घनश्याम सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सविता अधिकारीले संचालन गर्नुभएको थियो ।

Share.

Leave A Reply