भरतपुरमा छाता ओढेर मतदाताले भोट हाल्दै

0

चितवन २० साउन ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज पुनः मतदान भैरहेको छ । सर्वोच्च अदालतको आदेश अनुसार भरतपुर १९ मा पुनः मतदान भैरहेको हो । वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा भरतपुरमा पनि मतदान भएको थियो । मतपत्र च्यातिएपछिको अदालती प्रक्रियाका कारण दुई महिनासम्म भरतपुरमा पुनः मतदान वा मतगणना भन्ने अन्योल थियो ।

पुनः भइरहेको मतदानमा वर्षाका कारण छाता ओढेर सर्वसाधरण मतदानमा सहभागी भएका छन्। मतदाता विहान ६ बजेदेखि नै लाइनमा बसेका थिए । चितवनमा निरन्तर पानी परिरहेका कारण मतपत्रको सुरक्षाका लागि टेण्टको व्यवस्था गरी मतदान गराइएको सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले जानकारी दिए । भरतपुर १९ मा तीन हजार ७९७ जना मतदाता छन् । वडामा ६ वटा मतदान केन्द्र छन्। लामो विवादपछि अदालतको आदेश अनुसार मतदान हुन लागेको हो ।

अदालतको आदेशलाई कांग्रेस माओवादी गठबन्धन दलले स्वागत गरेका छन्। एमालेले भने आदेश अपराधिक क्रियाकलाप गर्नेकै पक्षमा भएको भन्दै असन्तुष्टि जनाएको छ ।

तस्विर: नारायण ढुंगाना

Share.

Leave A Reply