भरतपुरमा कृष्टलका गहना बनाउने तालिम शुरु

0


भरतपुर, १७ भाद्र । भरतपुर महानगरपालिका ९ नं वडा कार्यालयको आयोजनामा आजदेखि ७ दिने कृष्टलका गहना बनाउने तालिम शुरु भएको छ । वडा अध्यक्ष यमलाल कंडेलले तालिमको उद्घाटन गर्दै महिलाहरु आत्मनिर्भर बन्न यस्ता सीपमूलक कार्यक्रमहरु सहायक हुने बताउँदै प्रतविद्व भएर तालिम लिनु पर्ने बताउनु भयो । तालिम उद्घाटन कार्यक्रममा वडा सदस्य रत्नकुमारी अधिकारी तिवारी, वरिष्ट प्रशिक्षक कमला सुवेदी, वडा सचिव बालकृष्ण थपलियालगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । तालिममा २५ जना महिला प्रशिक्षार्थीहरुको सहभागिता रहेको महिला सदस्य सुमिता बि.क.ले जानकारी दिनु भयो ।

Share.

Leave A Reply