भरतपुरको मेयरमा रेणु/को हुन् रेणु ?

0

चितवन, साउन २२


सर्वा्धिक चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयी हुनुभएको छ । उहाँले ४३ हजार १२७ मत प्राप्त पाउनुभयो भने नेकपा एमालेका मेयरपदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभयो । दाहालले ज्ञवालीलाई २ सय ३ मतको अन्तरले हराउनुभएको छ । उपमेयर पदमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी हुनुभएको छ । उहाँले ४७ हजार १९७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गर्नुभयो । भरतपुर महानगरपालिकाका २९ वडामध्ये १४ वटा वडामा एमाले, १२ वटा वडामा कांग्रेस र ३ वटा वडामा माओवादी बिजयी भएको छ । भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच ताल मेल भएको थियो ।

को हुन् रेणु ?

२०३४ सालमा जन्मिएकी रेणु २०४६ सालदेखि नै राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ १२ वर्षको उमेरदेखि राजनीतिमा लाग्नुभएको थियो । २०६२ सालताका रेणु रोल्पा गएर केही समय सहइञ्चार्जको भूमिका निर्वाह गर्नुभएको थियो । २०६३ मा माओवादी खुला राजनीतिमा आएपछि उहाँ काठमाडौं जिल्ला कमिटीको सह–सचिव हुनुभयो । उहाँ अहिले माओवादी महिला संगठकी महासचिव हुनुहुन्छ । पहिलो संविधानसभामा २०६४ सालमा समानुपातिकबाट सभासद हुनुभयो । उहाँले २०५२ सालमा चितवनस्थित मामाघरमा बसेर उनले कक्षा १० सम्मको स्कूले शिक्षा पूरा गर्नुभएको थियो । दोस्रो संविधानसभाको चुनावमा भने उहाँले प्रत्यक्षबाटै लड्ने निधो गर्नुभयो, त्यो पनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट । तर कांग्रेसका प्रकाशमान सिंहसँग उहाँ पराजित हुनुभयो ।

Share.

Leave A Reply