भगवद्रामानुजाचार्यको २७ फिट अग्लो विग्रहको नेत्रोन्मिलन

0

देवघाट, २ चैत । भगवद् रामानुज जन्म सहस्राब्दी एक महिने रथयात्रा पश्चात देवघाट दिव्यधाममा आयोजित रामानुज महोत्सवको दोस्रो दिन शनिबार दिउसो दुई बजेको शुभ मुहुर्तमा भगवद्रामानुजाचार्यको २७ फिट अग्लो विग्रहको नेत्रोन्मिलन गराइएको छ ।

स्वामी रामानुजाचार्यको भव्य विग्रहको षठकोप जीयर स्वामी, श्रीवैष्णव परिषद्का अध्यक्ष देवराजाचार्य तथा विशिष्ठ आचार्यहरुको उपस्थितिमा नेत्रोन्मिलन गराइएको हो । रामानुजाचार्यको हजारौँ जन्मजयन्तिका अवसरमा देवघाट धाममा बैशाख ५ गते सम्म रामानुजाचार्य सहष्राब्दी महोत्सव जारी रहने छ । देशभरबाट १० हजारभन्दा बढी भक्तजनको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Share.

Leave A Reply