भक्तियात्राको टोलीलाई गैँडाकोटमा भव्य स्वागत

0

गैँडाकोट, १० चैत । महाकालीबाट आएको एक भक्तियात्राको टोलीलाई गैँडाकोटबासीले भव्य स्वागत गरेका छन् । पश्चिमबाट आएको भक्ति यात्रालाई गैँडाकोट १ मा रहेको लक्ष्मीनृसिंह दिव्यधाम मन्दिर, रामानुज वेदविद्याश्रम, हरिपरवासुदेव मन्दिर, राधाकृष्ण मन्दिर लगायत सम्पूर्ण स्थानीयले भव्य स्वागत गरेका थिए । पश्चिमबाट आएको श्री भगवद् भाष्यकार रामानुज दिव्य सहस्राव्दी महाकाली मेची महाकाली भक्तियात्रामा पाँच सय भन्दा बढीको सहभागिता रहेको थियो । पाँचसय भन्दा बढी तीर्थालुहरुले लक्ष्मीनृसिंह दिव्यधामको प्रांगणमा भोजन गरेका थिए । भक्तियात्राका संकल्पकर्ता श्री गोविन्दाचार्यले यस भक्ति यात्राले असल संस्कार र संस्कृतिको रक्षा गर्ने बताउनुभएको छ । रामानुज स्वामीजीको जन्म भएको एक हजार वर्ष पुगेको अवसरमा सिद्धेश्वर महादेव मन्दिर कंचनपुरको आयोजनामा चैत १ गतेबाट सुरु भएको भक्ति यात्रा मेचीपुगी फेरी चैत १५ गते महाकाली पुगेर सम्पन्न हुने छ । विहिबार गैँडाकोटबाट निस्कीएको भक्तियात्रा हेटौँडा प्रस्थान गरेको छ ।

Share.

Leave A Reply