बोटनिक प्राईमरी स्कुल आइरल्याण्डकी इन्टरनेशनल कोअर्डीनेटर निकोला गन गैडाकोट ईङलिस स्कुलमा

0

गैडाकोट, १० चैत्र । बोटनिक प्राईमरी स्कुल वेलफस्ट नर्दन आइरल्याण्डकी ईन्टरनेशल कोर्डीनेटर निकोला गन गैडाकोट ईङलिस स्कुलमा आउनुभएको छ । ब्रिटिश काउन्सीलले कनेक्टिङ क्लासरुम ग्लोबल लर्निङ अन्र्तगत एसिया र युकेका स्कुलाई जोडने क्रममा रेसिप्रोपकल भिजिट भनेर यो बर्ष देखी नै कार्यक्रम गरेको छ ।

ब्रिटिश काउन्सीलले यो बर्षदेखी नै यु केको बिद्यालयको शिक्षक नेपालमा आउने र यहाका शिक्षक युकेमा जाने कार्यक्रम अन्र्तगत गैडाकोट इङलिस स्कुलमा बोटनिक प्राईमरी स्कुलकी ईन्टरनेशल कोर्डीनेटर गन यहा आउनुभएको गैडाकोट इङलिस स्कुलका प्रिन्सीपल हिरालाल अर्यालले बताउनुभयो ।

उहाले ग्लोबल लर्निङको एक प्रक्रिया भएको बताउदै युके पार्टनर स्कुल बोटनिक प्राईमरी स्कुल र गैडाकोट ईङलिस स्कुलले ब्रिटिश काउन्सीलमा गरेको अप्लाईका आधारमा बिद्यालय छनौटमा परेको समेत जानकारी दिनुभयो ।

गन गैडाकोट ईङलिस स्कुलमा एकहप्ता बसेर भिजिट गर्ने र यहाको शिक्षा प्रणलीका बारेमा बुझने बताउनुभयो । बोटनिक प्राईमरी स्कुलकी ईन्टरनेशल कोर्डीनेटर निकोलास गनले कार्यक्रममा बोल्दै यहाको स्वागत सत्कार र बिद्यालयको बाताबरण मन परेको बताउनुभयो ।

कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम नारायण भण्डारी , स्कुलका बाल क्लबका अध्यक्ष शुलोचना अर्याल लगायतका अतिथीहरुको उपस्सिथती रहेको थियो ।

कार्यक्रमको सहजीकरण गैडाकोट ईङलिस स्कुलकी ईन्टरनेशल कोर्डीनेटर बिना कोईरालाले गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य स्कुलका प्रिन्सीपल हिरालाल अर्यालले व्यक्त गर्नुभएको थियो । बिद्यार्थीहरुले बोटनिक प्राईमरी स्कुलकी ईन्टरनेशल कोर्डीनेटर निकोलास गनलाई बिद्यालयमा बिभिन्न प्रस्तुतीहरुले स्वागत गरेका थिए ।

Share.

Leave A Reply